×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८ लाख ६५ हजारको लागतमा खुला व्यायामशाला निमार्ण, गाउँवासीको स्वस्थ जीवन प्रर्वद्धन गर्ने अभियान

झापा । ‘गाउँवासीको स्वस्थ जीवन प्रर्वद्धन’ अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख र जनसहभागिताबाट तीन लाख ६५ हजारका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन्।
सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गर्नुभएको थियो । यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरेका थिए । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: