×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई बोन्डमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्ने ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकको १५ लाख इकाई बोन्डमा आवेदन दिने म्याद थपिएको छ । निर्धारित समय सबै कित्ताका लागि आवेदन नपरेपछि म्याद लम्ब्याएर साउन ४ गते पुर्याइएको हो । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड वार्षिक ९% ब्याजदरमा बिक्री खुला गरेको हो । २०८७ मा परिपक्क हुने गरी ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गरेको हो ।
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाईमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ९ लाख इकाईआफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: