
कञ्चनपुर । भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले एक करोड ४३ लाख रकम व्यहोरेका छन । खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वित भएका छन् ।
आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताउनुभयो । ‘उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ’, उहाँले भन्नु भयो, ‘उपभोक्ता समेत थपिदै जान्छन ।’-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्