
काभ्रेपलाञ्चोक । यही असार १० गते शुरु गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको १०औँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सोमबार बैठक समापन गरेको छ । नगरको १०औँ सभाको पहिलो बैठकमा प्रस्तुत बजेटमा केही फेरबदल गरी नगरपालिकाले ६९ करोड तीन लाख २७ हजार ९२३ बराबरको बजेट पारित गरेको हो । यसअघि असार १० गते शुरु गरेको १०औँ नगरसभामा २०७८/७९ का लागि प्रस्ताव गरेको ६५ करोड ५९ लाख ४७ हजार ५३० को बजेटमा छलफलका क्रममा स्रोत थपेर हेरफेर गर्ने क्रममा बजेटको आकार बढाएर घाटा बजेट प्रस्तुत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो ।
चालुतर्फ रु १५ करोड सात लाख चार हजार ९२३ तथा पूँजीगततर्फ ५३ करोड ९६ लाख २३ हजार खर्च प्रस्ताव गरिएको छ । आयमा आन्तरिकतर्फ १३ करोड आठ लाख १० हजार ३९४ अनुमान गरिएको छ । यस्तै राजश्व बाँडफाँटबाट नौ करोड ९६ लाख ३७ हजार ५३०, वित्तीय समानीकरणमा सङ्घ तथा प्रदेशबाट १२ करोड तीन लाख चार हजार, सशर्त अनुदान रु ३० करोड १२ लाख ७६ हजार तथा समपूरक अनुदान तीन करोड ८३ लाख रहेको छ । नगरसभा बैठकको समापन गर्दै नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले समृद्ध नगर बनाउने अभियानमा अहिलेसम्म सबैसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यको प्रचलनलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले कोभिड-१९ को जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सबै सरोकारवालाको प्रशंसा गर्नुभयो । नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगत चार वर्षदेखि सर्वसम्मतरूपमा पारित गर्दै आएको बजेट यसपटक पनि सर्वसम्मतरूपमै पारित भएकामा खुशी व्यक्त गर्नुभयो । नगरपालिकामा राम्रो काम गर्नेलाई प्रोत्साहनको व्यवस्था गरिएको भन्दै उहाँले बजेटको समयमा नै कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
नगरसभाले ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोककल्याणमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी तयार पारिएको यस आवको नीति तथा कार्यक्रम पारित गरेको हो । ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीतभण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने, नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने तथा सबै वडामा पशु तथा कृषि बीमा कार्यक्रम विस्तार गर्ने योजनालाई अगाडि सारिएको छ ।
त्यस्तै डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने, बुहारी प्रोत्साहन कार्यक्रमलाई सय वर्ष पनि प्राथमकिताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाले आफ्ना आमाबाबुको राम्रो पालनपोषण गर्ने सन्तानलाई सम्मान गर्ने निर्णय पनि नगरसभाबाट पारित गरेको छ । सो योजनाअनुसार वर्षमा प्रत्येक वडाबाट दुई जनालाई सम्मान गरिनेछ । नगरसभा बैठकले विधायन समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक तथा लेखा समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक विधेयक पनि सर्वसम्मत पारित गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्