×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई क्षतिपुर्ति दिनेगरी लगत संकलन गर्दै कृषि मन्त्रालय (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई क्षतिपुर्ति दिनेगरी लगत संकलन गर्दै कृषि मन्त्रालय (भिडियो रिपोर्ट)

Artha Sarokar

२५ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ । शुक्रबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरुलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताउनुभयो । मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के-कति क्षति भएको छ त्यसको तथ्यांक संकलन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
एकहप्ता भित्र लगत संकलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति मार्फत् सम्बोधन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-‘एक हप्ताभित्र डाटा सबै ठाउँबाट संकलन हुन्छ । यो असारको २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार गर्न लागिरहेका छौँ । रिपोर्ट आइसकेपछि किसानलाई अर्को वर्षको कार्यक्रममा कसरी सम्बोधन गर्न सकिन्छ ? खासगरी बिऊ, मल, प्रविधिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफललाई व्यापकता बनाइरहेका छौँ । संघीय सरकारबाट हाम्रो दायित्व मुख्य रुपमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने हो । त्यो समन्वय हाम्रो शाखा, महाशाखाहरुले गरिरहनुभएको छ । यो क्षतिबाट मुक्त हुन र अब बढी क्षति नहोस् भन्नका लागि सर्तकताका लागि म्यासेजहरु एफएम मार्फत्, एप्सहरुमार्फत् दिइरहेका छौँ । आगामी आर्थिक वर्षको कार्यक्रममा हामीले केही पैसाहरु क्षतिपुर्तिमा दिने नेर केही बजेटको व्यवस्था पनि पहिलोपटक गरेका छौँ, संघीय मन्त्रालयको बजेटमा । भौगोलिक बनोटको आधारमा, बालिको आधारमा, नोक्सानीको आधारमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको समितिको सिफारिसको आधारमा यसलाई अगाडी बढाउँछौँ ।’
सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको बताउनुभयो । हालसम्म ५६ प्रतिशत धान रोपाई भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिईएको उहाँले बताउनुभयो । निरन्तर भेलबाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने उहाँको भनाई छ । बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिनका लागि मन्त्रालयको ध्यान केन्द्रीत रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी