×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, सात दिन कैद र १५ लाख जरिवाना

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । विकाश थापाको जाहेरीमा प्रहरीले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५९ को लाक्पा लामालाई आज चक्रपथबाट पक्राउ गरेको हो ।
२०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नको लागि थापाबाट रकम लिएका थिए । पछि लामाले पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी तत्कालिन जनता बैंकमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी १५ लाख रुपैंया बराबरको चेक काटी दिएका थिए ।
 
उच्च अदालत पाटनले लामामाथि ७ (सात) दिन कैद र १५ (पन्ध्र) लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि उनि फरार थिए । उनीमाथि अब बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal