×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १६ हजार ४६४ कित्ता संस्थापक सेयर लिलामीमा, कति छ भाउ ?

GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १६ हजार ४६४ कित्ता संस्थापक सेयर लिलामीमा, कति छ भाउ ?

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १६ हजार ४६४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता ४२१.६३ मूल्यमा उक्त सेयर आगामी ३५ दिनभित्र खरिद आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र आवेदन नपरेमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति तथा संघसंस्थाहरुमा बिक्री गरिनेसमेत कम्पनीले जनाएको छ । यो सेयर खरिदको आवेदन कम्पनी तथा कम्पनीको सेयर रजिष्ट्रार कार्यालय एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: