×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबारदेखि माछापुच्छ्रे बैंकले  ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ‘ माछापुच्छे ऋणपत्र २०८७’ जारी  गरेको हो । 
यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक व्याजदर ८.५% पाउनेछन् । यस्तै यो ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । 
यता लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: