
नवलपुर । मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ । नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको रु एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ रु ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ रु ४२ करोड ९७ लाख ८३ हजार ९६५ बराबरको अनुमानित बजेट पारित गरेको हो ।
नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन रु १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट रु ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट रु एक करोड ६ लाख ७८ हजार गरी जम्मा रु ३० करोड ९६ लाख २८ हजार बराबरको लक्ष्य राखिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्