×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको समयमा चोरी भएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण, सवारी धनीहरु भए खुसी (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निषेधाज्ञाको समयमा चोरी भएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण, सवारी धनीहरु भए खुसी (भिडियो)

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् ।
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समुहले सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाईएको छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।
हराएको सवारीसाधन फेलापरेपछि सवारी धनीहरु पनि खुसी भएका छन् । उनीहरुले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन् । महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: