×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ७३ गुणा बढीको आवेदन पर्यो, ९८ प्रतिशत भन्दा धेरैको हात खाली हुने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदकबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदको लागि आवेदन परेको हो । जुन माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।
संस्थाले १७ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो भने बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्तामा आवेदन दिएका थिए ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर पाउने छन् । जसअनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: