×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीमा एक वर्षमा थपिए ७६२ वटा उद्योग र व्यावसायिक फर्म

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म्याग्दीमा एक वर्षमा थपिए ७६२ वटा उद्योग र व्यावसायिक फर्म

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख आठ हजार १२३ राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
‘पहिले देखिनै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायारामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता संख्या बढेको हो’, उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट रू. १४ लाख ३४ हजार १२३ र वाणिज्य फर्म दर्ताबाट रु ११ लाख ७४ हजार राजस्व संकलन भएको हो ।
नयाँ दर्ता भएका ५०० वटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । यसैगरी चालू आर्थिक वर्षमा कुल रू. एक करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । दुई ८५ जनालाई सीपमुलक तालिम प्रदान गरेको छ ।
१५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता सीप विकास, २७ जना उद्यमी सिर्जना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारणले श्रम छाडी घर फर्केका ३५ जनालाई सीप विकास, १८ जनालाई परम्परागत सीपमा आधारित व्यवसाय प्रवर्द्धन तालिम प्रदान गरेको छ ।
अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाईकटाई, ब्युटी पार्लर, कम्प्युटर, हावस वायरीङसम्बन्धी तालिम दिएको हो । एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ । १६ जना उद्यमीलाई रू. १३ लाख ७६ हजार मूल्य बराबरको उपकरण वितरण गरेको छ ।
कार्यालयले बुधवार बेनीमा समक्षा कार्यक्रमको आयोजना गरेर वार्षिक गतिविधी सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सीपमुलक तालिम र बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिए । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: