×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकबाट बाहिरिँदै आइएफआइसी बैंक, ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गरिँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकबाट बाहिरिँदै आइएफआइसी बैंक, ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गरिँदै !

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बंगलादेशको आईएफआईसी बैंकले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको ४२ प्रतिशत सेयर बिक्री गरेर बाहिरिने भएको छ । आइएफआइसीले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको कुल ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सोसमेत बिक्री गर्ने बैंकले जनाएको छ । संस्थापक सेयर बिक्री गर्नका लागि राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्ने तयारी भएको छ । संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले उक्त सूचना प्रकासन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमदाली, काठमाडौंस्थित सेयर शाखामा आवेदन दिन सक्नेछन् ।
यसमा नेपाल बंगलादेश बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी