×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको पनि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ असार २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको पनि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले पनि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो । नेपाल फाइनान्सले १ः१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: