- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.३३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको ३९ करोड ९३ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
यता नेप्सेमा धेरै दिनपछि हरियाली छाउँदा लगानीकर्ता खुशी भएका छन् ।