
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबारदेखि एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
बैंकले यसअघि उक्त सेयर बिक्री गर्दा पनि बिक्री नभएपछि पुन: लिलामीमा ल्याएको हो । आरएमडीसीको सेयरमा न्यूनतम ४७३ रुपैयाँ, मेरोको सेयरमा ५३४ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७५२ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा असार ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा लिलामीको बोलपत्र बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्