×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको लर्को, जोखिम मोलेर तनहुँको छाब्दी खोला तर्दै वृद्ध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको लर्को, जोखिम मोलेर तनहुँको छाब्दी खोला तर्दै वृद्ध

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले निषेधाज्ञा खुकुलो भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरुको भीड बढेकोदेखि जोखिम मोलेर तनहुँको व्यास नगरपालिकामा अवस्थित छाब्दीखोला तर्दै गरेका वृद्धसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरुको भीड । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएपछि विदेसिनेको सङ्ख्या बढेको छ । 
जोखिम मोलेर तनहुँको व्यास नगरपालिकामा अवस्थित  छाब्दीखोला  तर्दै वृद्ध। 
रोल्पा जिल्ला रुम्टीगढी गाउँपालिकाका किसानले व्यावसायिक रुपमा गरेको लसुन खेतीलाई दाङमा सङ्कलन गरिँदै । यहाँबाट काठमाडौँ, पोखरा, बुटवल र नवलपरासीमा बिक्रीका लागि पठाउने गरिएको छ । लसुन प्रतिकेजी रु १५० मा बिक्री हुने गरेको छ ।
ललितपुरको खुुमलटारमा लिची च्यापेर उड्न तरखर गर्दै काग ।
ललितपुरको खुमलटार खेतमा आहारको खोज्दै गरेका बकुला ।
अविरल वर्षापछि बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा रहेको ढिकगाड नदी र भकुण्डेखोलामा आएको बाढीले स्थानीयवासीको बगरमा परिणत गरेको जमिन  । बाढीले ३० परिवारको खेतबारीमा क्षति पु¥याएको छ ।
भेरी नगरपालिका –२, बाँसपानीमा  वर्षाका कारण आइतबार बिहान  आएको पहिराले क्षति पु¥याएको स्थानीयवासीको घर । पहिाले पाँच घर क्षति पु¥याउनाका साथै दर्जनभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: