Skip to content
LAXMI SUNRISE BANK

देशबोल्ने फोटो कथा : साउनको पहिलो सोमबार देवघाटधाममा पनि लाग्यो भक्तजनको भिड, हिलाम्मे सडकमा फसेका सवारी

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै गरेका तीर्थालुदेखि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्र्तगत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधनसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्र्तगत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधन । सदरमकामदेखि घोडाँबाधे सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँगको सहकार्यमा स्टार्ट फण्डको सहयोग, केएर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ स्थित याङ्ग्रीका–९० घरपारिवारलाई स्वच्छता सामग्री वितरण गरिँदै । असार १ गते याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, माक्स, सेनीटरी प्याड, तौलिया, स्यनिटाइजर, काँइयोलगायत सामग्री वितरण गरिएको थियो ।

केही दिनअघि परेको अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले व्यास नगरपालिका–३ स्थित चाइना पुल नजिक रहेको गुरुङ समुदायको क्वाइबो भवन ।

बागलुङको बलेवामा मिनी टेलरको सहायताले रोपाइँका लागि माटो सम्याउँदै किसान ।

घोराही उपमहानगरपालिका अन्तर्गत पद्मोदय नमूना मावि भरतपुरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका नागरिक ।

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय क्षेत्र । यसका लागि आवश्यक १० हजार ३०० रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने चालू आर्थिक वर्षमा रु एक अर्ब ५५ करोड बजेट बिनियोजन गरिएको छ ।

श्रावण स्नानका क्रममा हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल प्रहरीको तालीम प्राप्त जनशक्ति । देवघाटधाममा त्रिशूली र कालीगण्डकी नदीको बहाव तीव्र भएका कारण हुनसक्ने दुर्घटना रोक्नका लागि वाग्मती प्रदेश विपत् व्यवस्थापन गुल्म हेटौँडाको टोलीलाई परिचालन गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK