×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मीनभवनमा कोरोनाविरुद्धको दोस्रो खोप लगाउनेको उदेक लाग्दो भिड, बैतडीमा आँप किन्दै ग्राहकहरु

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाउन मङ्गलबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा लाम्बद्ध भएर बसेका सर्वसाधारणदेखि बैतडी सदरमुकामस्थित गोठलापानी बजारमा आँप किन्दै गरेका उपभोक्तासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाउन मङ्गलबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा लाम्बद्ध भएर बसेका सर्वसाधारण ।
बैतडी सदरमुकामस्थित गोठलापानी बजारमा आँप किन्दै उपभोक्ता ।
समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने गर्दछन् । हिउँका कारणले यस क्षेत्रमा आलुबाहेक अन्य खेती हुदैन । 
अविरल बर्षाका कारण उर्लिएको मादी नदी ।
श्रृङ्ग पथअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५, मिर्छुलुङमा हिलाम्य बाटोमा फसेको ट्रयाक्टर निकाल्दै । वर्षाका कारण गाउँका सडक हिलाम्य हुँदा यातायात सञ्चालनमा सास्ती छ ।
समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ का किसान मौरीको घार लिएर घरतर्फ जाँदै  । कृषि ज्ञान केन्द्र तनहुँले ग्रामीण क्षेत्रमा घर बगैँचा कार्यक्रममार्फत् कृषकलाई मौरीघार वितरण गरेको हो  । 
बागलुङ बजारमा खानेपानी वितरणका लागि ल्याइएको पाइप काठेखोला गाउँपालिका–६, बिहुँ दोबिल्लामा पहिरोले पाइपमा क्षति पु¥याएपछि मर्मत गर्दै नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्राविधिक ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: