×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : फेवाताल किनारमा माछा मार्दै युवा, निषेधाज्ञा खुलेपछि दमकस्थित तरकारी बजारमा भिडभाड बढ्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : फेवाताल किनारमा माछा मार्दै युवा, निषेधाज्ञा खुलेपछि दमकस्थित तरकारी बजारमा भिडभाड बढ्यो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा महानगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र फेवाताल किनारमा माछा गर्दै गरेका युवादेखि निषेधाज्ञा खुकुलो भएपछि दमकस्थित तरकारी बजारमा किनमेलका लागि ग्राहकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र फेवाताल किनारमा माछा मारिँदै । 
दमकस्थित तरकारी बजारमा किनमेलका लागि ग्राहक । निषेधाज्ञा खुकुलो भएपछि बजार क्षेत्रमा दैनिक भिड हुने गरेको छ । 
कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखका लागतमा शुक्रबारदेखि सञ्चालमा ल्याउनुभएको निःशुल्क महाप्रस्थान यान हस्तान्तरण कार्यक्रममा सामाजिक अगुवा सिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरिँदै ।
कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रममा कास्कीका पत्रकार ।
डिभिजन वन कार्यालय रसुवाका प्रतिनिधिबाट मसलाजन्य टिमुरका बिरुवा  स्थानीयवासीलाई वितरण । 
दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा बसेको आमा समूहको बैठक  । बैठकमा हजारदिने आमाका स्वास्थ्य र पोषणलगायत विषयमा छलफल भइरहेको छ । 
पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित डिहीमा फलेको औषधीय गुणी टिमुर । डिभिजन वन कार्यालय कास्कीको सहयोगमा चार बर्षअघि रोपिएका विरुवा लटरम्म फलेपछि टिमुरले व्यवसायिकता पाउन थालेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: