
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले निषेधाज्ञा खुकुलो भएसँगै बैतडी सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राहीदेखि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २, तीनकुनेस्थित खेतमा टिपेको बोडी बिक्री गर्न बजार लैजाँदै गरेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
निषेधाज्ञा खुकुलो भएसँगै बैतडी सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राही ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २, तीनकुनेस्थित खेतमा टिपेको बोडी बिक्री गर्न बजार लैजादै किसान । तरकारी बेचेर यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।
समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२, तीनकुनेमा किसानसँग ठेकेदारले खरिद गरेको मकै बिक्रीका लागि काठमाडौँतर्फ लैजान तयारी गरिँदै ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ का युवा काठ चिरान गर्दै ।
डोटीको शिखर नगरपालिकास्थित गोपघनट बजारमा भेटिएका म्याद सकिएका खाद्य सामाग्री बरामदपछि सङ्कलन गर्दै जिल्ला अनुगमन टोली ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेजअघिको सडकको दूरावस्था । एक दशकअघिदेखि जीर्ण सडक बनाउन ठेक्का भएको ६ वर्ष बितिसक्दासमेत निर्माण हुन नसक्दा सवारी र पैदल यात्रु सास्ती खेप्न बाध्य छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page















प्रतिक्रिया दिनुहोस्