×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजदूत बेरीले गरे प्रधानमन्त्री ओलीलाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राजदूत बेरीले गरे प्रधानमन्त्री ओलीलाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण (भिडियो)

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अमेरिकाले नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरिएको कोभिड – १९ विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । सोमबार अमेरिकि सरकारले नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर खोप बुझ्नुभएको थियो ।कोभिड – १९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीवन रक्षाका लागि खोप प्रदान गरेकोमा अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद व्यक्त गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: