NABIL AD

जीवन विकासको ‘प्रि-अलोटमेन्ट’ सम्पन्न, यसै साता बाँडफाँड !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले लघुवित्तको आइपीओको प्रि अलोटमेन्ट आज सम्पन्न भएको र बाँडफाँड पनि यसै साता हुने बताएको छ ।
जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो ।
यस आधारमा १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ । कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal