- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड गरेको छ । कम्पनीले बिक्री प्रबन्धकको रोहवरमा प्राप्त बोलपत्र प्रचलित कानून बमोजिम १० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको थियो । उक्त सेयरको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।