Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित सर्लाहीबाट एक महिला पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । सर्लाहीबाट स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK