×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रियो

Artha Sarokar

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको हो। 
समिक्षा अवधिमा रेमिटयान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेकोे थियो ।
समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी