Skip to content
LAXMI SUNRISE BANK

समाचार प्रभावः पुरा गरे ठेकेदारले ‘बाचा’, आवतजावत सहज भएपछि स्थानिय खुसी…

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा निर्माणाधिन सडकको मर्मत गरिएको छ । अलपत्र परेको सडकका कारण स्थानिय नागरिकलाई समस्या परेको समाचार सार्वजनिक गरेप्रश्चात सडक तथा नाला मर्मत गरि आवतजावतका लागि सहज वातावरण सृजना गरिएको छ ।

संघिय सरकारको ४३ लाखको लागतमा निर्माण थालिएको उक्त सडक अलपत्र पर्दा नागरिक समस्यामा परेका थिए । बैशाखमा निर्माण सुरु गरी असार मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भएतापनि समयमा काम सम्पन्न नहुँदा निर्माण कार्य अलपत्र परेको थियो । निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी शंकर शर्माले अर्थ सरोकारको टिमसँग तिन दिनभित्रमा नागरिकलाई सहज हुनेगरी काम गर्नेभनि प्रतिवद्धता गरेका थिए । सोहि अनुसार बुधबार उक्त सडकखण्ड मर्मत गरिएपछि स्थानिय खुसी छन् ।

‘नागरिकलाई परेको समस्या र समुदायको आवश्यकताको आधारमा सहजिकरण गरिदिएको छु’, निर्माण व्यवसायी शर्माले भने, ‘नाला निर्माण गर्नुका साथै बाटोमा थुपारिएको माटो सम्माएर आवतजावतका लागि सहज वातावरण सृजना गरेको छु, बाँकी काम पनि समयमै सम्पन्न गर्नमा तत्पर रहनेछु ।’

विकास आफैमा समाज परिवर्तनको बलियो आधार हो । ग्रामिण क्षेत्रको विकास हुनु त झनै सकरात्मक कुरा हो । तर विकासका नाममा कमाई खाने प्रवृति हावी हुनु कदापी उचित नहुन सक्छ । निर्माणको जिम्मा दिनेले नियमन गरुन् र निर्माणको जिम्मा पाएकाले समयमै काम सम्पन्न गरुन् । सबै आआफ्नो स्थानमा जिम्मेवार बनौँ । समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गरौँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK