NABIL AD
Share Talim AD
Civil Bank

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा असार ३० गते, लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने !

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० गते हुने भएको छ ।  सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुने भएको हो ।
कम्पनीले सभामा ११% बोनस सेयर र कर तिर्न ०.५७८९% नगद लाभांश वितरण प्रस्ताव पेस गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सगरमाथाले हाल कायम १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर प्रस्ताव गरेको हो ।
सभाका लागि असार १७ गतेबाट बुक क्लोज गरिएकाले असार १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal