
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- चौधरी ग्रुपसहित दुई कम्पनीले आफुहरुलाई सेयर बिक्री गरिएको रकम समयमा नदिएर ‘धोका’ दिएको भन्दै सम्राट सिमेन्टका लगानीकर्ताले सम्झौताअनुसार काम नगरेको कारण देखाउंदै सेयर कारोबार रोक्का गर्न सम्बन्धित बैंकहरुलाई पत्र पठाएका छन् । सम्राट सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमिल्सिना, छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले बैंकलाई पत्र लेख्दै सेयर कारोबार रोक्काका लागि आग्रह गरेका हुन् ।
‘सम्राट सिमेन्टको सेयर खरिद तथा बिक्री सम्झौतामा तोकिएबमोजिमको समय तथा सर्तबमोजिम सेयर खरिद बिक्री तथा भुक्तानीसम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसकेकाले यस बैंक तथा सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुसँगका सम्पूर्ण कारोबारसँगै उक्त कम्पनीका नाममा रहेका खाताहरुसमेत रोक्का गरी पाऊँ।’ अर्थ सरोकार डटकमलाई विशेष स्रोतबाट प्राप्त उक्त पत्रमा भनिएको छ ।
भएको के हो ?
२०७७ चैत ३ गते लगानीकर्ता बैंक सिटिजन्स इनटरनेसनल बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४.२५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४.२५ प्रतिशत सेयर निल रुङगटाले किन्ने सम्झौता भएको थियो भने सो सम्झौता अनुसारको रकम २० वैशाखभित्र चुक्ता गर्नेसमेत सहमति भएको थियो । तर चौधरी ग्रुप र रुंगटाले तोकिएको समयसीमाभित्र सेयर बिक्रीकर्ताहरुको खातामा नहालिदिएपछि लफडा निम्तिएको हो ।
सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएपछी बैंकलाई पत्र लेख्नुपरेको लगानीकर्ताको दाबी छ । १२ सय करोड रुपैयाँ चुक्ता पुँजी भएको सम्राट सिमेन्ट २०६९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्