
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले असार २९ गतेबाट उक्र सेयर बिक्रीमा ल्याउने भएको हो । कम्पनीले यसअघि लिलामीमै बिक्री खुला गरेको सबै सेयरमा आवेदन नपरेपछि पुन: बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । यस्तै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
यता बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ भने ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्