×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

GLOBAL IME BANK

समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक समूहको सेयरमा मंगलबार अर्थात साउन ५ गतेसम्म आवेदन दिने समय रहेको छ । भोलि मंगलबार कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो ।
कम्पनीले यसअघि लिलामीमै बिक्री खुला गरेको सबै सेयरमा आवेदन नपरेपछि पुन: बिक्रीमा ल्याएको थियो कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले आवेदन दिनुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । यस्तै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
यता बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ भने ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: