×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार इकाई ऋणपत्रमा पनि आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा पनि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म सो सेयर भर्न सकिनेछ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँमा १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गरेको हो ।
बैंकले ३ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी ४ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । 
ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् भने बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: