
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले अविरल वर्षाका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङ्गा निकाल्दै गरेका डुङ्गा चालकदेखि सेती नदीले बगाएर ल्याएको काठ दाउरा जोखिम मोलेर सङ्कलन गर्दै ऋषिङगाउँपालिका–१, बेल्टारका बासिन्दासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङ्गा निकाल्दै डुङ्गा चालक ।

सेती नदीले बगाएर ल्याएको काठ दाउरा जोखिम मोलेर सङ्कलन गर्दै ऋषिङगाउँपालिका–१, बेल्टारका बासिन्दा ।
भक्तपुरको घ्याम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै । साहासिक खेलका पारखीहरुको लागि मध्यनजर गरी बनाइएको यो खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्ने छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११, कालढुङ्गास्थित खेतमा पाकेको मकै घर लैजान डोकोमा राख्दै किसान । अहिले यहाँका किसानलाई पाकेको मकै बाली भित्र्याएर धान रोपाइँ गर्न चटारो परेको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ८, भट्टीडाँडा नजिकै चुच्चेढुङ्गा पार्कमा रम्दै आन्तरिक पर्यटक । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पार्कमा आन्तरिक पर्यटकको घुइँचो हुन थालेको छ ।
पोखराको फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा निकाल्दै चालक ।
ताप्लेजुङको उच्च हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसान याक चराउन लग्दै ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा भाँसिएको सडक । सडक भाँसिएपछि सवारीसाधन एकतर्फी मात्र सञ्चालन गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page
















प्रतिक्रिया दिनुहोस्