×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सयमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७०० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइने छ भने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी