×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख ९० हजार ६५० कित्ता सेयरमा आवेदन दिने आज आइतबार अन्तिम रहेको छ । कम्पनीको उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७५१ रुपैयाँमा १ लाख ९० हजार ६५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो । 
न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: