- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शैक्षिक संस्थाको स्तरवृद्धी र शिक्षण पेशाप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै शिक्षकहरु आन्दोलित बनेका छन् । शुक्रबार धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी नेपाल शिक्षक महासंघ धनगढीको ११ सदस्यीय स्थानीय आन्दोलन परिचालन समितिले आफ्ना मागहरु प्रति सरकार गैरजिम्मेवार बनेको भन्दै आन्दोलनको चौथौँ चरण अन्तर्गत धर्ना दिएका हुन् ।
विगतमा राज्यको तलब खाने कर्मचारी, शिक्षक सबैलाई एकै दर्जामा राखेको भएतापनि अहिले आएर राष्ट्रसेवकको दर्जामै नपर्नेभरी विभेद गरेको शिक्षक महासंघ नगर कार्यसमितीका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, ‘आगामी दिनमा आउन सक्ने आँधिबेरीको जिम्मेवार सरकार स्वयम बन्नुपर्छ ।’
यता पटक पटकको ध्यानाकर्षणका बाबजुत पनि सरकाले आफुहरुको मागप्रति कुनै चासो नदेखाएको शिक्षक महासंघका धनगढी नगर उपाध्यक्ष तिर्थराज पाण्डेयले बताएका छन् । शिक्षकहरुको तलव सुविधा वृद्धी गर्नुका साथै कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने शिक्षकहरुले माग राखेका छन् । सरकारले शिक्षा क्षेत्रमा सरकारको बजेट अत्यन्तै भएको बताउँदै शिक्षकको तलव सुविधा तथा भत्ताको विषयमा तिनै तहका सरकारको पहल विभेदकारी भएको त्रिनगर माध्यामिक विद्यालयका प्रध्यानाध्यापक भुपालसिंह खड्काले बताए ।
त्यस्तै शिक्षकहरुलाई दिने सेवा सुविधामा केन्द्र सरकारले स्थानिय तहलाई जिम्मा लगाए आफुने पन्छिने काम गरेको बालविकास केन्द्रकी शिक्षिका बागेश्वरी चटौत बिनाडीले आरोप लगाएकी छिन् । उनले भनिन्, ‘बाल विकास शिक्षकप्रति सरकारले विभेदकारी बजेट ल्याएको र त्यसको व्यवस्थापन पनि सरकारले नै गर्नुपर्छ, होईन भने आन्दोलन अझै सशक्त हुन्छ ।’
यता नगरपालिका भित्र २०० जना निजी स्रोतका शिक्षकहरु अत्यन्तै न्युन पारिश्रमिकमा काम गर्नुपरेको शिक्षक महासंघ नगर कार्यसमितीका सहसचिव तथा निजी स्रोतमा कार्यरत शिक्षक पुर्ण बहादुर थापाले बताए । उनले थपे, ‘कतिपय अवस्थामा सेवासुविधा नपाउँदा उधारोमै काम गर्न बाध्य छौँ ।’
अहिले संघिय सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर कुल १५ हजार पु¥याएको छ । त्यसमा पनि कतिपय पालिकाहरुमा शिक्षकहरुले तलव समेत पाएका छैनन् । त्यस्तै तलव नपाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा शिक्षकहरुले तालाबन्दी समेत गरेका छन् । बाँकी फोटोमा हेर्नुहोस्ः









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्