×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ छाडियो, सुकुम्बासी बस्ती जोखिममा (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
विराटनगर । तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ । घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीवासीमा त्राश सृजना भएको छ ।
विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर–पुर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्राशको अवस्था छ । लगातार बर्षात भइरहेको र घर पछाडिबाट बग्ने सिंघीया खोला किनारमा गहिरो खाडल खनेर छाडिएका कारण खोलाको बाढीले जुनसुकै बेला घर कटान भएर बगाउन सक्ने भएपछि उनिहरुमा त्राश छाएको हो । चालु महिनाको असार ६ गते तटबन्ध निर्माणकालागि भन्दै सो ठाँउमा खाडल खनिएको स्थानीयले जानकारी दिए । यो पानी पर्ने समयमा आफुहरु ठूलो जोखिममा रहेको पीडित जगदीश सहनीले बताउनुभयो । निर्माण पक्षलाई तटबन्धको काम छिटो गर्न आग्रह गर्दा चासो नदिएको स्थानीय सहनीले गुनासो गर्नुभयो ।
उत्तरबाट दक्षिणतर्फ खनिएको खाडलका कारण स्थानीय जगदीश सहनी,रमेश झा,सुरेन्द्र सहनी र रामु सहनीको घर सबैभन्दा बढी जोखिममा परेको छ । उनिहरुको घर पछाडि नै खाडल खनिएका कारण घर तथा बारीका भित्ताहरु भास्सिन थालेको छ । खाडलकै कारण बस्तीको उत्तरतर्फ रहेको तीनपैनी स्पोर्टिङ क्लबको जगको माटो समेत भास्सिएर ढल्ने जोखिममा छ । क्लबको सो भवन दक्षिणतर्फ फैलिएको सुकुम्बासी बस्तीलागि बाढीको बेगबाट जोगिने महत्वपुर्ण सुरक्षा कवचका ेरुपमा समेत काम गर्दै आएको छ । बाढी आउने महिना साउन भदौ बांकी रहेकाले उक्त क्षेत्रको सिंगो बस्ती नै कटानको जोखिममा परेको स्थानीय मनोज मलहाले बताउनु भयो ।
संघीय सरकारको तराईमधेश समृद्धि कार्यक्रम अन्र्तगत उक्त क्षेत्रमा बोल्डर हाल्न सय फिट बढी लम्बाईको खाड्ल खनिएको हो । झण्डै १० लाख बजेटबाट तटबन्ध निर्माणगर्न स्थानिय शिला दिक्षीत कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । तारजाली र बोल्डर हाल्ने काम शुरु गरिएपनि पछिल्लो समय मजदुर अभावका कारण काममा ढिलाई भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो । आउदो केहिदिन भित्रै तटबन्धको कामसक्ने उहाँले दाबी समेत गर्नुभयो ।
खोलालाई नियन्त्रण गर्न तटबन्ध गर्न खाडल खनिएको भएपनि मध्यबर्षातको समयमा निर्माणगर्न खोजिएकाले स्थानीयको जिउधन जोखिममा परेको हो । तसर्थ सम्भावित दुर्घटनालाई टार्न समयमै निर्माण सक्नु आवश्यक छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: