×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गौरीफन्टा नाकामा गाडीको पर्खाइमा सर्वसाधारण, सडकमा काम गरेर जीविकोपार्जन गर्दै मजदूर

PRIME CA

देश बोल्ने फोटो कथा : गौरीफन्टा नाकामा गाडीको पर्खाइमा सर्वसाधारण, सडकमा काम गरेर जीविकोपार्जन गर्दै मजदूर

अर्थ सरोकार

प्रकाशित मिति : २३ असार २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कामको खोजीमा भारतको तेलङ्गनातर्फ जान बुधबार गौरीफन्टा सीमा नाकामा गाडिको पर्खाइमा बसेका सर्वसाधारणदेखि बैतडीको गोठलापानी–गढी सडकखण्डमा काम गरेर जीविकोपार्जन गरिरहेका मजदूरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कामको खोजीमा भारतको तेलङ्गनातर्फ जान बुधबार गौरीफन्टा सीमा नाकामा गाडिको पर्खाइमा बसेका डोटीको दीपायल—सिलगढी नगरपालिका—७ का युवाहरु । कोरोना भाइरसको जोखिमका कारण भारतबाट फर्किन बाद्य भएका नेपालीहरु पछिल्लो हप्तामा यो रोगको जोखिम केही घटेपछि पुनःभारततर्फ जान थालेका छन् ।  

बैतडीको गोठलापानी–गढी सडकखण्डमा काम गर्दै गरेका मजदूर ।
पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा जाने बाटोमा देखिएको पानीको छहरा । 
बैतडीको सदरमुकामस्थित गोठलापानी बजारमा सवारी साधन र यात्रुहरु । निषेधाज्ञा खुकुलो भएसँगै यायातात सञ्चालनमा आएपछि भिडभाड बढ्दै गएको छ ।
पोखरा महानगरपालिका– १७ छोरेपाटनमा अवस्थित पर्यटकीयस्थल डेभिड फल्स ९पातले छाँगो० मा कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा जाने बोटोमा याङमा खोला तर्नका लागि बनाएको काठेपुल । 
म्याग्दीको बेनी नगरपालिका–५ स्थित डडुवामा कोरोनाको लक्षणका बिरामी देखिएपछि एन्टिजेन विधिबाट परीक्षणका लागि पालो कुरेका बिरामी । म्याग्दीको ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमित बढ्न थालेका छन् ।
तनहुँको भिमाद नगरपालिका–३ स्थित गैरीखेतमा रोपाइँ गर्दै महिला । कृषकलाई यतिबेला रोपाइँको चटारो छ । 
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ धुलिखेल नगरपालिका वडा नं २ टटलेटारस्थित सिचाइँ सुविधा पु¥याउने गरी कुलो निर्माण भएपछि गरेको धान रोपाइँ । 
डिभिजन वन कार्यालयले उत्पादन गरेका फलफूल र जडीबुटीका बिरुवा । जिल्लाका विभिन्न पाँच स्थानमा उत्पादन गरिएका एक लाख ५० हजार बिरुवाहरु निःशुल्क वितरण भइरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: