×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका दश कम्पनी

PRIME CA
GLOBAL IME BANK

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका दश कम्पनी

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ७४.७१अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस कम्पनीको ३९ करोड ९६ लाख ११ हजार ५ सय ९५ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि नबिल बैंक, नेपाल बैंक, निफ्रा, मन्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी, छिमेक लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी र कामना सेवा विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: