- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सेयर करोबार भएको छ । यस कम्पनीको ४१ करोड २० लाख ८९ हजार ७ सय ३२ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
यसपछि अपर तामाकेशी हाइड्रोपावर कम्पनी, नेपाल बैंक, निफ्रा, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।