
डोटी । कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्र्याक्टर वितरण गरेको हो ।
कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी-३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नं ४ काडामाडौँमा रहेको भगवती कृषक समूहलाई तीनवटा हाते ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताउनुभयो ।
जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन् । भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्र्याक्टरसहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्