×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्ता शर्तसहित उपत्यकामा सवारीसाधनको जोर-विजोर प्रणाली हटाईयो, निषेधाज्ञा भने असार मसान्तसम्म कायम…! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्ता शर्तसहित उपत्यकामा सवारीसाधनको जोर-विजोर प्रणाली हटाईयो, निषेधाज्ञा भने असार मसान्तसम्म कायम…! (भिडियो)

Artha Sarokar

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारीसाधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारीसाधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सञ्चालन हुने भएका छन् ।
कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्तसहित सवारीसाधनको जोर विजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उहाँले जानकारी दिनुभयो ।
त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ । एकै दिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरि सिफ्टवाइज परीक्षा सञ्चालन गर्न सकिने बताइएको छ , गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप गर्नैपर्ने भएमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
निषेधाज्ञा भने असार ३१ गतेसम्मका लागि लागु गरिएको छ । शैक्षिक संस्थाहरु खोलिएका छैनन् । विवाह, व्रतबन्ध लगायतका सामुहिक रुपमा गर्नुपर्ने सांस्कृतिक गतिविधिहरु पार्टी प्यालेसमा गर्न बन्देज गरिएको छ । स्थाीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ । हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी