
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार देखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागु हुनेगरी सवारी साधनमा लगाउदै आएको जोर विजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमता भन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपनि मंगलबार देखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु राख्न पाउने छैनन् ।
कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित जिल्ला प्रशासन कार्यालय काठमाणैले सवारी साधनको जोर विजोर प्रणाली हटाउदै सबै प्ररकारका सवारी सञ्चालनको अनुमति दिएको हो । तर उपत्यकाबाट लामो दुरीमा सञ्चालन हुने सवारी साधन अझै सञ्चालन अनुमति दिईएको छैन ।
जिल्ला प्रशासन कार्यालयले २५ सिट भन्दा माथिका सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यस भन्दा कम सिट हुने ट्याम्पो, माईक्रोबस व्यवसायी तथा तीनमा कार्यरत मजदुर संगठनहरुले विरोध गर्दै आएका थिए । व्यवसायी र मजदुर संगठनको दबाब पछि प्रशासनले मातहतका निकायमा परामर्श गरि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिएको हो ।अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्