×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारकर्मीमाथि ज्यान मार्ने धम्की आएकोप्रति नेपाल फोटो पत्रकार महासंघद्वारा निन्दा (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ सरोकारकर्मीमाथि ज्यान मार्ने धम्की आएकोप्रति नेपाल फोटो पत्रकार महासंघद्वारा निन्दा (विज्ञप्तिसहित)

Artha Sarokar

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएपछि नेपाल फोटो पत्रकार महासंघको कैलाली शाखाले त्यसको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघका कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाप्रति आपत्ति जनाईएको छ ।
सत्य, तथ्य एवम् निष्पक्ष समाचार प्रकाशन गर्नु पत्रकारको दायित्व एवम् जिम्मेवारी रहेको र सूचना पाउनु आम नागरिक सबैको अधिकार भएको उल्लेख गर्दै विज्ञप्तिमा घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनसमेत कैलाली प्रहरी प्रशासन समक्ष महासंघले माग गरेको छ । हेर्नुहोस् विज्ञप्ति:
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी