- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रहरीले सक्रियता देखाउँदै आएको छ । माहामारीको संक्रमण सुरु भएदेखी अहिलेसम्म निरन्तर प्रहरीले जिल्लाभर विभिन्न गतिविधि गर्दै सक्रियता देखाएको छ । कोरोना माहामारीको संक्रमण रोकथामका लागि नेपाल मास्क अभियान अन्तर्गत कैलालीमा प्रहरीले समुदायमा स्थानिय नागरिकहरुलाई मास्क वितरण गरिरहेको छ ।
अहिले कोरोना माहामारीको संक्रमण घटेको भन्दै नागरिक स्तरमा लापरवाही बढेको छ । सोहि विषयलाई मध्यनजर गर्दै कैलालीमा प्रहरीले मास्क वितरण अभियान सक्रियतापुर्वक सञ्चालन गरेको छ । अभियानमा दैनिक ५०० देखी १००० जनालाई मास्क वितरण गर्ने गरेको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज तथा प्रहरी नायव निरिक्षक मनोज सिंह बोहोराले बताए, उनले भने, ‘नागरिकको ज्यानको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।’ त्यस्तै उनले नेपाल सरकारको मास्क अभियानलाई निरन्तरता दिँदै आफुहरुलाई आएको आदेश र पाएको जिम्मेवारीका लागि नागरिक स्तरमा मास्क वितरण गरेको बताएका छन् ।
‘मास्क अभियान बजारक्षेत्रलाई मात्रै नभएर गाउँगाउँमा गस्तीका क्रममा पनि वितरण गर्दै आएका छौँ’, उनले भने, ‘अधिकांश नागरिकले लापरवाही गर्ने गरेकाले कोरोना माहामारी पुर्ण रुपमा निर्मुल पार्न र आफ्नो समुदायलाई जोगाउनका लागि मास्क लगाउनु अनिवार्य छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्