- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा विद्युत प्राधिकरणको चरम लापरवाही देखिएको छ । जिल्लाको कैलारी गाउँपालिकामा पर्ने हुलाकी सडकमा बिजुलिका पोल व्यवस्थापन तथा मिटर वितरण लगाएतका कार्यमा प्राधिकरणको लापरवाही देखिएको हो ।
जिल्लाको कैलारी गाउँपालिकामा पर्ने हुलाकी सडक खण्डमा पर्ने पोल ढल्न लाग्दापनि प्राधिकरणले वास्ता नगर्दा जोखिम बढेको छ । लामो समयदेखी पोल निर्माणका लागि पटक पटक ताकेता गर्दापनि प्राधिकरणले व्यवस्ता गरेको स्थानियले बताएका छन् । सडक किनारमा माछा मार्नेदेखी पशुचौपाया चराउनका लागि पनि दैनिक नागरिकहरु जाने गरेको भएतापनि पोलको अवस्थाले जोखिम बढेको दशिराम चौधरीले बताए । उनले भने, ‘समयमै पोल निर्माण नगरे ठूलो क्षति बेहोर्नुपर्छ ।’
‘पटक पटक पोल निर्माणका लागि अनुरोध गर्दा पनि सुनुवाई भएन’, स्थानिय महेश चौधरीले भने, ‘विद्युत प्राधिकरणकै लापरवाहीका कारण हामी जोखिममा छौँ ।’ पोल ढल्यो भने गाउँपालिका नै अन्धकार हुने उनकोे भनाई छ । त्यस्तै प्राधिकरणको लापरवाही निर्माण तथा मर्मतमा मात्रै नभएर मिटर वितरणमा समेत रहेको कैलारी गाउँपालिका वडा नम्बर १ की कीसिता चौधरीले बताईन् । उनले भनिन्, ‘मिटर जडानका लागि महिनौ अघि आवेदन दिएको हुँ तर अझै मिटर जोडिएको छैन, नो लाईट सेवा हसुलियाको कार्यालयमा पुग्दा कार्याल्यमा कर्मचारी नै हुँदैनन् ।’
हुनपनि हामी उक्त क्षेत्रमा पुग्दा नो लाईट सेवा हसुलियाका ईन्चार्ज तथा चौथौँ तहका कर्मचारी अनिल चौधरी मर्मत गर्ने कर्मचारीको जिम्मा लगाएर बाँके जिल्ला पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्