×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् पेस हुने एजेन्डा (विवरणसहित)

GLOBAL IME BANK

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् पेस हुने एजेन्डा (विवरणसहित)

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको  २७औं वार्षिक साधारणसभा साउन ३१ गते हुने भएको छ । कम्पनीको सभा अनलाइन भर्चुअल माध्यमबाट बिहान ११ बजे हुने भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।
यसका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित अनुसूचीहरु पारित गर्ने भएको छ भने आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभा प्रयोजनार्थको लागि कम्पनीले साउन २० गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता हुन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: