×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक घण्टा नहुँदै बिक्यो सानिमा लाइफ इस्न्योरेन्सको आइपीओ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक घण्टा नहुँदै बिक्यो सानिमा लाइफ इस्न्योरेन्सको आइपीओ

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इस्न्योरेन्सले खुला गरेको आइपीओ एक घण्टामै बिक्री भएको छ । कम्पनीले आजदेखि सर्वसाधारण समुहको ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो । बिहान १० बजेदेखि बिक्री खुला गरेकोमा ११ बजेसम्ममा माग भन्दा बढिको लागि आवेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार दिउँसो २ बजेर ३३ मिनेटसम्म ५ लाख ५४ हजार ५८७ जना आवेदकले ९१ लाख ८६ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारण समुह तर्फको ६० लाख कित्तामध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ र बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।
सर्वसाधारणले न्युनतम १० कितादेखि अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले साउन २४ गतेसम्म बिक्री खुला गर्नेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ दिएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: