×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, लगानीकर्ताले यी ठाउँहरुबाट भर्न सक्ने

PRIME CA

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, लगानीकर्ताले यी ठाउँहरुबाट भर्न सक्ने

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो आइपीओमा आवेदन दिन पाइने छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको हो ।

यस कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा सो सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: