काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको खुद नाफा ५९.४३% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५९.४३% ले बढेर १९ करोड ९ लाख ९० हजार रुपैयाँ कमाउन सफल भएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले ११ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्दपि, कम्पनीले यो यसमा बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन । यस्तै कम्पनीले जीवन बिमा कोषको आकार १९.७४% ले बढेर ८१ अर्ब ६ करोड ९९ लाख ५२ हजार रुपैयाँ पुगेको जनाएको छ । खुद बिमा शुल्क आर्जन पनि १४.८९% ले बढेर १७ अर्ब ४ करोड ९० लाख १७ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ६८ पैसाले बढेर ८ रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्